Roman English
Goli ko ghau niko hunchha, boli ko hudaina !
अर्थ
शारीरिक चोटपटक समयसँगै निको हुन सक्छ, तर कठोर वा अपमानजनक शब्दले पुर्याएको मानसिक चोट लामो समयसम्म रहिरहन्छ वा कहिल्यै निको नहुन सक्छ। बचनको असर शारीरिक चोटभन्दा गहिरो र स्थायी हुन्छ।
उदाहरण
साथीहरू झगडा गर्दा रामले श्यामलाई साह्रै नराम्रो बचन लगायो । पछि रामले माफी त माग्यो तर श्यामको मन कहिल्यै सफा भएन, मनमा गाँठो परिरह्यो । त्यही भएर भन्छन् नि, 'गोलीको घाउ निको हुन्छ, बोली को हुँदैन !'
Literal English Translation
A bullet's wound heals, (but) a word's (wound) does not.
English Meaning
Physical wounds, like those from a bullet, can heal over time, but the emotional pain caused by harsh or hurtful words can last much longer, sometimes indefinitely. The impact of speech can be deeper and more permanent than physical injury.
English Proverb
Words cut deeper than swords.
यस्तै अरु उखानहरु